मकवानपुर, साउन २९ः बिहीबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको बसामाडीको तीनताप्के भन्ने स्थानमा ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटोमा सवार दुई जना रहेका छन् । उनीहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ अटो बिहीबार ठोक्किँदा दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले बताए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका अटो चालकको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भैरहेको उनले जनाए ।