ट्रक दुर्घटना हुँदा  दुई जनाको मृत्यु

| 2021 Mar 09 | 07:08 pm 1753

धादिङ, फागुन २५ः मंगलबार धादिङकाे बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा  दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेल रहेका छन् ।

लु १ ख ७७६३ नम्बरको ट्रक रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंँतर्फ आउँदै गर्दा  त्रिशूली नदीमा खस्दा  दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.