ट्रक दुर्घटना हुँदा डडेल्धुरामा एककाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 07 | 05:23 pm 1573

डडेल्धुरा, जेठ २५ः गएराति ट्रक दुर्घटना हुँदा डडेल्धुराको अमरगढी नगरपालिका-१० राईमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक बैतडीको पाटन नगरपालिका-८ खोड्पे जुगेपानीका ४८ वर्षीय जयदेव बिष्ट रहेका छन् ।

ना५ख २२४६ नम्बरको ट्रक कपिलबस्तुबाट सिमेन्ट बोकेर बाजुरा जाँदै गर्दा शनिबार राति दुर्घटना भएको प्रहरीको अनुमान छ ।

कतिबेला दुर्घटना भयो भन्ने यकिन नभएको उक्त ट्रक शनिबार राति ११ बजे स्याउले ट्राफिक प्रहरी पोष्टमा दर्ता भएको देखिएको डडेल्धुरा प्रहरीले जनाएको छ ।

दुर्घटना  स्थल स्याउलेदेखि चार किलोमिटरको दुरीमा रहेकाे छ । आइतबार गोठालाहरूले ट्रक दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । ट्रक सडकबाट १५ मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.