ओखलढुङ्गा, असार २५ः ट्रक दुर्घटना हुँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्की रहेका छन् ।
सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको सामान बोकेको बा३ख ९६ नंको ट्रक बिहीबार बिहान करिब ४ः३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना भएको हो ।
चलकका घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए । ट्रक सडकबाट करिब १ सय मिटर तल खसेको छ ।