ट्रकसँग मोटसाइकल ठोक्किँदा मोटसाइकल चालकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jun 22 | 11:24 am 1915

सप्तरी, असार ७ : अग्निसाइर कृष्णासवरण गाउँपालिका १ घाेंघिदाहास्थित पूर्व पश्चिम सडकमा ट्रकसँग ठोक्किँदा मोटसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.१ ख ७९२८ नम्बरको मालबाहक ट्रकसँग विपरीत दिशातर्फ आउँदै गरेको बा ८४ प ९९७८ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठोक्किएको थियो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ट्रक र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका झापा बुधबारे गाउँपालिका १ बस्ने मोटरसाइकल चालक करिब २६ वर्षीय प्रतीक ढुंगेलको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ठेला चालकलाई ठक्कर दिँदा ठेलाचालक अग्निसाइर कृष्णासवरण ४ बेलहा बस्ने करिब ५० वर्षीय राजेन्द्र दासको दुवै हात खुट्टा र शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ।

घाइते दासको ठेलियास्थित धरमेश्वर अस्पताल उपचार भइरहेको र चालकसहित ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय महुलीको नियन्त्रणमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.