चितवन, १८ असोज : चितवनको पर्सा बजारमा ट्रकले ठक्कर दिँदा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार खैरहनी नगरपालिका-१ बहेराका साउना चौधरीको मृत्यु भएको हो । उनको श्रीमती जेनी चौधरी भने घाइते भएकी छन् ।
चौधरीको मृत्यु भएपछि आक्रोशित सर्वसाधारणले ना ५ ख ९८६१ नम्बरको ट्रकमा आगजनी गरेका छन्। स्थानीयले ट्रकमा आगजनी गर्दा ट्रकको अगाडी रहेको दुघनटामा परेको मोटरसाइकल समेत जलेको छ।
स्थानीयले आगो लगाएपछि मोटरसाइकलको नम्बर खुल्न सकेको छैन। घाइते जेनीको भरतपुरमा उपचार भइराखेको छ।