कैलाली, कात्तिक १३ः ट्रकले ठक्करबाट एक पैदल यात्रीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ३ सङ्गम टोलका ६६ वर्षका वीरसिंह विष्ट रहेका छन्र ।
उनलाई धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्तर्गत चटकपुरमा ना ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विष्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।
ठक्कर दिने ट्रकका चालक फेला नपरेकाले खोजी कार्य भइरहेको बताइएको छ । ट्रकका साहू भने सम्पर्कमा रहेको जनाइएको छ ।