हेटौंडा, मंसिर २ : पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिदा दुर्इ जनाको मृत्यु भएको हो ।
ट्रकले च्याप्दा ना४६प ६२१ नम्बरको मोटरसाइकलका चालक हेटौडा-४ का २० वर्षीय सुदिप घिमिरे र ना१ह ८९५९ नम्बरको अटोमा सवार हेटौडा-४ कै ३५ वर्षीय गंगा चेम्जोङको मृत्यु भएको मकवानपुरका प्रहरी जानकारी दिए ।
ट्रक सडकमै पल्टिएपछि राजमार्गसमेत अवरुद्ध भएको छ । स्थानीय र प्रहरीले ट्रक हटाएर राजमार्ग सञ्चालनको प्रयास गरेका छन् ।