- महेश सिंह महतो
सिरहा, असार ७: पूर्व–पश्चिम राजमार्ग अन्तरगत सिरहाको गोलबजार नगरपालिका ८ स्थित ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
पश्चिमबाट पूर्व गइरहेको ना ४ ख ९८९७ नम्बरको ट्रकले सोही दिशामा गइरहेको पैदलयात्री नरहा गाउँपालिका–१ तिलासीका ३५ वर्षीय विक्रम उडाउँलाई शनिबार ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
विपरित दिशाबाट आएको टिपरले साइड नदिँदा आफ्नो गाडी नियन्त्रण हुन नसकी दुर्घटना भएको ड्राइभरले बताएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर नविन घिमिरेले जानकारी दिए ।
ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।