ट्रकको ठक्करबाट गुल्मीमा २ जना पैदल यात्रीको मृत्यु

रिपोर्ट नेपाल | 2020 Dec 27 | 09:19 am 2225

गुल्मी, पुस १२ः आइतबार बिहान ट्रकको ठक्करबाट गुल्मीमा २ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेल रहेका छन् ।

बुटवलबाट समान लिएर तम्घास जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ भगारी स्थित मसिने खोलामा  ठक्कर दिँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे हो ।

चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतकको शवलाई पोष्टमार्टकको लागि गुल्मी अस्पताल तम्घासमा राखिएको  प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.