काठमाडौं, वैशाख १७ :कैलालीको लम्कीमा एक युवतीलाई ट्रकले ठक्कर दिँदा युवतीको मृत्यु भएको छ । ट्रकको ठक्करबार मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका—३ की १९ वर्षीय सुनीता रावल रहेकी छन् ।
उनलाई ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो ।उक्त घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् ।
उनीहरुले मृतक परिवारलाई उचित क्षतिपूर्ती र दोषीलाई कारबाहीको माग राखी पूर्वपश्चिम राजमार्गमा कुनै पनि सवारीका साधन चल्न दिएका छैनन् ।