सप्तरी, बैशाख २५ः पूर्वपश्चिम राजमार्गअन्तरगत सप्तरीकाे अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ सीतापुरमा बिहीबार सडक दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल सवार अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ प्रसवनीका २३ वर्षीय विक्रम सरदार रहेका छन् ।
मर्मत गर्ने ग्यारेज अगाडि सडक किनारमा रोकिराखेको ना३ख ६१२६ नंको ट्रक पछाडि ठोक्किएर स८प ५६२९ नम्बरकाे माेटरसाइकलमा सवार उनकाे घटनास्थलमै मृत्यु भएको स्थानीय तारकेश्वर सिंहले जानकारी दिए ।
उनीसँगै मोटरसाइकल पछाडि रहेका सोही ठाउँका २६ बर्षिय तरुण सरदार गम्भीर घाइते भएका छन । घाइते तरुणलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको छ । उनीहरु बिहानै माछा मार्न घरबाट निक्लिएको स्थानीय रमेश चौधरीले जानकारी दिए ।