दैलेख, साउन ३ः दैलेखमा एकै घरका दुई बालबालिकाको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका छोरा १२ वर्षीय दिनेश महत र छोरी नौ वर्षीया अनिता महत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद साहले कर्णाली नदी छेउमा कर्णाली कोटछाल लिफ्टिगं सिँचाई आयोजनाले निर्माण गरेको ट्याङ्कीमा डुबेर उनीहरुको मृत्यु भएको बताए ।
मृतक दुवैको पोष्टमार्टमका लागि दुल्लु अस्पताल, दैलेखमा राखिएको छ । स्थानीयले ट्याङ्की निर्माण गर्ने ठेकेदारको लापरवाहीको कारण उनीहरुको ज्यान गएको आरोप लगाएका छन् ।