कलैया, कात्तिक २ : मेलामा नाच हेरेर घर फर्किने क्रममा ट्याक्ट्रर पल्टिँदा एकजनाको मृत्यु भएको छ ।
ना ४ त ३५९१ नम्बरको ट्याक्ट्रर पल्टिँदा आदर्श गाउँपालिका–३ का १६ वर्षीय बदन मुखियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिए ।
ट्याक्ट्रर पल्टिँदा अर्का कृष्णनन्दन घाइते भएको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दशैँको अवसरमा चिउटाहामा लागेको मेलामा बतराका युवाहरु ट्याक्ट्रर चढेर नाच हेर्न आएका थिए । तीव्रगतिका कारण ट्याक्ट्ररको दुर्घटना हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।