ट्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2021 Jul 10 | 08:44 am 2185

तनहुँ, असार २६ः  शुक्रबार साँझ तनहुँमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा पुट्टारकाका ५३ बर्षीय यदुराज घिमिरे रहेका छन् र ट्याक्टर चालक ३० बर्षीय ऋषि अधिकारी गम्भिर घाईते भएका छन् ।

लु १ त ७२०७ नम्बरको ट्याक्टर भिमाद बजारबाट घिरिङ्ग गाउँपालिकाको पुट्टार जादै गर्दा  भिमाद नगरपालिका– ३ सेर्कामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।

ट्याक्टरका मालिक समेत रहेका अधिकारीलाई उद्धार गरेर उपचारका लागि पोखरा पठाइएको प्रहरी निरीक्षक खड्काले बताए ।

दुर्घटनामा २० बर्षीय यामबहादु दरै सामान्य घाईते भएको र उनको भिमाद स्वास्थ केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फलामको सामान बोकेको ट्याक्टरमा सात जना सवार रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.