पर्वत, साउन २२ः ट्याक्टर दुर्घटना हुँदा पर्वतमा ट्याक्टरका सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका २१ वर्षीय सहचालक विजय नेपाली रहेका छन् ।
ग१त ६२७९ नम्बरको खाली ट्याक्टर मोदी गाउँपालिका–७ राम्जादेउरालीबाट वडा नं २ देउपुरतर्फ आउँदै गर्दा अचानक सडकबाट तल खस्दा नेपालीको मृत्यु भएको हो ।
सडकबाट अन्दाजी १२ मिटर तल खसेको ट्याक्टरले किचेर नेपालीको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले ट्याक्टरका चालक मोदी गाउँपालिका–२ बस्ने सन्तोष विकलाई नियन्त्रणमा लिई थप अनुसान्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।