उदयपुर, जेठ ३०ः जिल्लाको सदरमुकाम गाईघाटबाट अत्यावश्यक सामाग्री डिजल, जस्तापातालगायतका सामान बोकेर उदयपुरगढी गाउँपालिकाकाे नेपालटार तर्फ जाँदै गरेको ट्याक्टर बाघखोर भन्ने स्थानमा दुर्घटना हुँदा ट्याक्टरमा सवार एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका वडा न. ६ की ९ बर्षीया बिबिषा पाण्डे रहेकी छन् ।
स १ त ५१०७ नम्बरको ट्याक्टर बिहीबार साँझ अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उक्त ट्यक्टरमा सवार सोही ठाउँकी सर्मिला तामाङ सामान्य घाईते भएको बताइएकाे छ, ट्याक्टर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाइएकाे छ ।