तनहुँ, फागुन २८: बन्दीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक र सहचालक ट्याक्टर चालक गोर्खा पालुङटार ७ च्याङली निवासी २१ वर्षीय प्रेम कुमाल र सहचालक तनहुँ बन्दीपुर गाउँपलालिका ४ नयाँपुल निवासी २३ वर्षीय राजकुमार परियार रहेका छन् ।
ग १ त ४८०८ नम्बरको ट्याक्टर बन्दीपुर ५ मा कोरिका स्थित भित्री सडकखण्डमा बाउन्भञ्जयाङबाट कोरिकातर्फ जाँदै गर्दा बुधबार बिहान पल्टिँएर दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो।
सामान लिनका लागि गइरहेको ट्याक्टर साँघुरो सडकमा खसेर दुर्घटनामा परेको डीएसपी लीलाराज लामिछानेले बताए ।
चालकको घट्नास्थलमै मृत्यु भएको थियो भने, सहचालकको उपचारका क्रममा डुम्रेको लक्ष्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ट्याक्टर सडकबाट करिब १ सय ५० फिट तल खसेको छ। चालक र सहचालक दुवैको ज्यान गएकाले तथ्य बुझ्न अनुसन्धान गरिने ट्राफिक प्रमुख पूर्ण अधिकारीले बताए।