ट्याक्टर दुर्घटना हुँदा संखुवासभामा एकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Feb 08 | 03:41 pm 1714

संखुवासभा, माघ २५: जिल्लाको उत्तर दक्षिण कोशी सडक खण्डमा ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ।

ज्यान जानेमा ट्याक्टर चालक खोटाङ सुम्देलका २३ वर्षीय उचित राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

ढाडे भन्ने भिरबाट ढुंगा बोकेर खाँदबारी आउँदै गरेको ट्याक्टरको ढाला पल्टिएर चालकराईलाई किच्दा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।

लक राईको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको बताइएको छ।

खोटाङ सुम्देल घर भएका राई केही वर्षदेखि खाँदबारी नगरपालिका २ चेवामा बस्दै आएको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.