टीकापुर, बैशाख ३१ : टीकापुर नगरपालिकाको वडा १ लम्कि पुल नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जानकी गाँउपालिका वडा नं. ५ पथरैयाका ३९ वर्षिया धनबहादुर चौधरी रहेका छन् ।
जानकी गाँउपालिकाको पथरैयास्थित लाल रत्न इट्टा उद्योगबाट इट्टा बोकेर खक्रौला आउँदैै गरेको से १ त १११६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर धनी तथा चालक चौधरीको घटनास्थलमा मृत्यु भएको हो ।
तीव्र गतिमा रहेको ट्याक्टरको अगाडीको चक्काको स्पेण्डल भाँचिदा अनियन्त्रित भई ट्याक्टर पुलबाट तल खसेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । मृतकको शव टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।