गुल्मी, असाेज १९ः ट्याक्टर दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ बर्षीय धन बहादुर माझी रहेका छन् ।
लु ४ त २८३३ नम्बरको ट्याक्टर जिल्लाको गुल्मीरबार गाउँपालिका वडा नम्बर १ बलिथुम टापुबाट मजुवातर्फ जाँदै गर्दा दुर्घटना हुँदा माझीकाे घटनास्थलमै मत्यु भएको हो ।
ट्याक्टरको स्ट्यान भाँचिन गई ट्याक्टर अनियन्त्रित भएर सडकभन्दा करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी केदारनाथ पन्थले जानकारी दिए । ट्याक्टरमा सवार अन्य दुई जना भने घाइते भएका छन् ।
घाइते हुनेमा ट्याक्टर चालक कपिलवस्तु घर भएका ३० बर्षीय रेशम ताम्राकार र गुल्मीदरबार गाउँपालिका १ का १५ बर्षीय लाल बहादुर बुढा मगर रहेका छन् । ताम्राकार र मगर दुवैको ढाडमा चोट लागेको र थप उपचारको लागि मजुवा पठाइएको पन्थले जानकारी दिए । घाइतेहरुको अवस्था भने सामान्य रहेको बताइएकाे छ ।