ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2019 May 26 | 04:01 pm 1604

डडेल्धुरा, जेठ १२ :  डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका १ असुर्पाका अन्दाजी ५० वर्षीय लालबहादुर लुहार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक प्रमुख डम्बरबहादुर केसीले जानकारी दिए।

आइतबार अमरगढी नगरपालिका ७ पोखरा नजिकै ट्याक्टर दुर्घटना हुँदा लुहारको घटनास्थमै मृत्यु भएको हो। बिना नम्बर प्लेटको नयाँ ट्याक्टरका चालक भीमदत्त नगरपालिका ९ कञ्चपुरका हिक्मतसिंह ठगुन्नालाई पक्राउ परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.