तनहुँ, कार्तिक २० । भिमाद नगरपालिका वडा नं. ६ जनज्योती स्कुल तर्फबाट बसपार्कतर्फ जाँदै गरेको ग १ त ४४४६ न.को ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ ।
ट्याक्टरबाट एक्कासी खसेर गम्भिर घाइते भएका भिमाद नगरपालिका वडा नं. ६ जलौदी बस्ने ३३ वर्षीय मिन बहादुर सार्कीलाई तत्काल उपचारको लागी जि.पी. कोईराला राष्ट्रिय श्वास प्रश्वास केन्द्र बेलचौतारा तनहुँमा पठाइएको थियो । उक्त अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पनि सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जारी विज्ञप्तिमा जनाएका छन् ।