ट्याक्टर दुर्घटनामा एकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Apr 29 | 04:21 pm 1901

धनुषा, वैशाख १६ : धनुषाको सहिदनगर नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला नगरपालिका वडा नं। ९ का २२ वर्षीय विपिन मंडल रहेका छन् ।

यदुकोहा र नाथपट्टी बीचमा पर्ने सडकबाट तल झरी दुर्घटना भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमबहादुर खड्काले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.