ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Dec 08 | 01:28 pm 1937

दाङ, मंसिर २२ :  ट्याक्टरको ठक्करबाट तुल्सीपुरमा एक बालकको मृत्यु भएको छ । सल्यान छत्रेश्वरी गाउँपालिका–१ सल्यान घर भई हाल तुल्सीपुर–५ रानीजरुवामा बस्दै आएका १२ वर्षीय नवीन वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार तुल्सीपुर–८ टिकरीमा लु २ त ४१८७ नं को ट्याक्टरले शुत्रबार राति ठक्कर दिएको थियो । वलीको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त ट्याक्टर चालक भने फरार रहेका छन् । ठक्कर दिने ट्याक्टर तुल्सीपुर–३ दमारगाउँ जङ्गलमा फेला पारेको प्रहरीले जानकारी दिए । चालकको तीब्र रुपमा खोजी कार्य जारी रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.