अछाम, असोज २४: अछाममा मंगलबार राति भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ।
जिल्लाको तुर्माखाद बजार जाँदै गरेको से २ त ८८३ नम्बरको ट्रेक्टरले च्यापेर तुर्माखाद गाउपालिका – ४ का जगत बयकको ज्यान गएको हो।
स्थानीय मनबहादुर बयकले दिएको जानकारी अनुसार राति करिव १० बजेको समयमा ट्रालिमा बसेका १८ वर्षीय बयक खसेपछि टायरले च्यापेको थियो। घट्ना तोषी र तुर्माखादको बीच जंगलमा भएको हो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बयक सोही ट्रेक्टरका कामदार हुन ।