ट्याक्टरमा च्यापिएर एककाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Dec 20 | 03:07 pm 1924

महोत्तरी, पुस ५ः जलेश्वर नगरपालिका-७ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर आइतबार चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका-४ का २३ वर्षीय पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

ज १त ३५७९ नं को ट्याक्टरमा स्थानीय रातो खोलाबाट माटो लोड गरी बेला गाउँतर्फ जाँदै गर्दा मोड्ने क्रममा ट्र्याक्टरको दाँयापट्टीको बीचको र पछाडिको चक्का धसेर अचानक अगाडिको इञ्जिनसहितको भाग माथि उठेर पछाडिपट्टी झर्दा चालक बसेको सिटसमेत च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.