ट्याक्टरबाट खसेर पाँचथरमा दुई बालिकाको मृत्यु, दुई घाइते

रिपोर्ट नेपाल | 2023 May 17 | 01:24 pm 1153

पाँचथर, जेठ ३ः मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाँउपालिकाको भारपामा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिलिहाङ गाँउपालिका–७ निवासी कमल सुवेदीका दुई छोरी १३ वर्षीया पुजना सुवेदी र नौ वर्षीया गंगा सुवेदी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुवँरले उनीहरूकाे ट्याक्टरबाट खसेर निधन भएको जानकारी दिए ।

ट्याक्टर चढेर विद्यालय जाँदै गरेका पुजना र गंगाको बुधबार बिहान निधन भएको हो । यसैगरी, दुई जना घाइते भएका छन् । घाइतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ट्याक्टर चालक फरार रहेको प्रहरी निरीक्षक कुवँरले जानकारी दिए । उनका अनुसार घटनाबारे थप विवरण आउन बाँकी रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.