ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Nov 13 | 02:40 pm 1795

उदयपुर, कात्तिक २८ः गएराती ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिम्चुङबुङ गाउँपालिका ३ सिर्वानी तिनचोकेका ३४ वर्षीय पदम बहादुर राना मगर रहेका छन् ।

ना ६ त १९०८ ट्याक्टरको पछाडीको डालामा झुण्डिन खोज्दा लडी घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.