टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट

रिपोर्ट नेपाल | 2023 Apr 22 | 07:41 am 1821

काठमाडौं, बैशाख ९: काठमाडौंको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । हिजो साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मासु पोल्दा प्रयोग हुने आगोको झिल्को अन्य ठाउँमा फैलिँदा पाँच सटर आगलागी भएर नष्ट भएको जानकारी दिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र पानीको ट्याङ्करको सहायताले आगलागी नियन्त्रणमा लिएकाे हाे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.