काठमाडाैं, साउन २४ । नेपाल टेलिकमले ढुवानी गर्ने क्रममा १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ। कार्ड हराएपछि टेलिकमले सार्वजनिक सूचना जारी गरेको छ।
बुधबार गोरखापत्रमा सूचना निकालेर टेलिकमले ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो।
टेलिकमका अनुसार सि. नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएकोले ती कार्ड खरिद नगर्न समेत टेलिकमले अनुरोध गरेको छ। टेलिकमले यदी ति कार्ड कतै भेटिएमा नजिकैकाे दुरसंचार कार्यालयमा बुझाउन पनि अनुराेध गरेकाे छ।
सूचना यसप्रकार छ:
