टुङ्गीयो कर्मचारी समायोजन

रिपोर्ट नेपाल | 2019 Mar 28 | 01:10 pm 1819

काठमाडौं, चैत्र १४ : लामो समयदेखि सरकारले थालेको कर्मचारी समयोजन प्रकृया आज (बिहिबार)बाट सकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी समायोजन महाशाखाका अनुसार संघ, प्रदेश र स्थानीय गरि तीनै तहमा कर्मचारी समायोजन सकिएको जानकारी दिएका छन् ।

तीन वटै तहमा गरी एक लाख ३१ हजार कर्मचारी समायोजन गरिएको कर्मचारी समायोजन महाशाखाका सहसचिव केदार पनेरुले जानकारी दिए । मन्त्रालयले तीन तहमा १ लाख ३७ हजार ६ सय १४ कर्मचारीलाई दरबन्दी स्वीकृत गरेको छ ।

कर्मचारी समायोजन गर्दा संघमा ३५, सात प्रदेशमा १६ र स्थानीय तहमा ४९ प्रतिशतका दरले समायोजन गरेको मन्त्रालयले जनाएको छ । जसअनुसार संघमा ४८ हजार ४ सय ९ कर्मचारी, सात प्रदेशमा २२ हजार २ सय ९७ र स्थानीय तहमा ६६ हजार ९ सय ८ कर्मचारी खटिने मन्त्रलायले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.