काठमाडौं, फागुन १७: चर्चित नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले टी–२० क्रिकेटमा सय विकेट पूरा गर्दै कीर्तिमान बनाएका छन्।
शनिबार थाइल्यान्डको टेर्थाइ क्रिकेट ग्राउन्डमा भइरहेको मलेसियाविरुद्धको खेलमा ३ विकेट लिदै उनले टी–२० क्रिकेटमा १०२ विकेट पूरा गरेका हुन्।
उनले आफ्नो पहिलो ओभरमा विरन्दीप सिंह र खिजर दुरानीलाई क्याच आउट गराएका थिए। त्यस्तै अर्को विकेट अनवार अरुद्धिनलाई पवन सर्राफको हातबाट क्याच आउट गराएका हुन्।
जारी खेलमा मलेसियाले टस जितेर पहिलो ब्याटिङ गरिरहेको छ। १३औं ओभरको समाप्तीमा उसले ३ विकेट गुमाउँदै ८६ रन बनाएको छ।