कैलाली, कात्तिक ११: जिल्लाको पुर्वी क्षेत्र टीकापुरमा बन्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका ५ मनिकापुरका ३२ वर्षका मोतीराम चौधरी रहेका छन् ।
सोमबार दिउँसो छिमेकी खुसीराम चौधरीले बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिए ।
बन्चरो प्रहार गरी खुसीराम फरार भएका छन् । सामान्य विवादमा मोतीरामलाई बन्चरो प्रहार गरेको बुझिएको छ । फरार खुसीरामको खोजी भइरहेको प्रहरीले जनाए ।