रसुवा, मंसिर १३: गोसाइँकुण्ड गाउँपालिका वडा नं–२ टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाह सञ्चालनमा रहेको स्काभेटर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक चिनियाँ नागरिक ३६ वर्षीय छु छिङको मृत्यु भएको रसुवा प्रहरीले जानकारी दिए । उक्त दुर्घटना स्काभेक्टर भासिएर भोटकोशी खोलामा खस्दा डुबेर उनको मृत्यु भएको बताइएको छ ।
टिमुरेमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाहको लागि भोटेकोशी खोलाबाट ढुङ्गा निकाल्न खोज्दा स्काभेटर भासिएर दुर्घटना हुदाँ चालकलाई खोलाले बगाएको हो ।
खोलाले बगाएर लैजादै गरेको समयमा करिब ५ सय मिटर तलबाट चालकलाई उद्धार गरेपनि उनको घटनास्थलमै मृत्यु भएको रसुवा प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालले बताए ।