टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु

रिपोर्ट नेपाल | 2021 Mar 28 | 02:16 pm 2325

काठमाडौं, चैत १५ः गएराति कलंकीमा टिप्परको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृतकको परिचय भने खुलेको छैन् ।

शनिबार राति बल्खुबाट थानकोट जाँदै गरेको बा १ ख ५८९३ नम्बरको टिप्परले ठक्कर दिँदा करिब २४–२५ वर्षीय पुरुषको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले जनाकारी दिए ।

कलंकी चोकको जेब्राक्रसबाट बाटो काट्दै गरेका ती युवा टिपरको ठक्करबाट गम्भीर घाइते भएको र उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महारजगञ्जमा मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.