गोरखा, जेठ १२: जिल्लाकाे सिरानचोक गाउँपालिका वडा नम्बर–७ चिउरे भीरमा टिप्पर दुर्घटना हुँदा एकजनाको एक जनाकाे मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा सिरानचोक गाउँपालिका वडा नम्बर –७ भालुस्वाँराका २० वर्षीय सुमन खड्का रहेकाे प्रहरीले जानकारी दिए ।
उक्त दुर्घटना शनिबार राति १० बजेतिर बा ५ ख १९८२ नम्बरको टिप्पर दरौँदी नदीमा खसेको हो । साथै टिप्परका सहचालक बेपत्ता छन् ।
उनको पहिचान खुलेको छैन । टिप्परमै यात्रा गरिरहेका स्थानीय जनक गुरुङलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।