टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Aug 05 | 05:34 pm 1930

 हेटौँडा, साउन २० : हेटौँडाबाट स्थानीय हटियाको शिवम् उद्योगतर्फ जाँदै गरेको ना ७ ख ७३२३ नंको टिपरले सोही उद्योगतर्फ गइरहेको ना ४२ प ७०७० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुने मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१७ त्रिशूली बस्ने २८ वर्षीय टंक न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोटरसाइकलमा सवार सोही वडाकी २१ वर्षीया गीता न्यौपाने गम्भीर घाइते भई हेटौँडा अस्पतालबाट थप उपचारका लागि चितवन भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

ठक्कर दिने टिपर चालक घटनास्थलबाटै फरार रहेकाले प्रहरीले निजको खोजी गरिरहेको चौघडा इलाका प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.