मोरङ, असार २ः बेलबारी नगरपालिका १, लोहन्द्रा पुलस्थित सडकमा को१ क ३२५० नम्बरको टिपरले को.३२प ६६७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका ७ का ४९ वर्षीय अशोकलाल चौधरी रहेका छन् ।
टिपरकाे ठक्करबाट गम्भीर घाइते चाैधरीकाे नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे बताइएकाे छ ।