टिपरले ठक्कर दिँदा पोखरामा एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2021 Jul 09 | 04:38 pm 1561

कास्की, असार २५ः पोखरामा टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुने महिला स्याङ्जा बिरुवा गाँउपालिका–४ घर भई हाल पोखरा– १७ बिरौटा बस्ने ४० वर्षीय रिता केसी रहेका छन् ।

पोखरा –५ गणतन्त्र चोकमा, ग १ ख ९७०३ नम्बरको टिपरले ठक्कर दिँदा उनकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

पैदल हिँडिरहेका बेला टिपरको ठक्करबाट गम्भिर घाइते भएकी केसीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.