पूर्वी नवलपरासी, असार ९ः खोलामा टिपर धुने क्रममा करेन्ट लागेर विनयी त्रिबेणी गाउँपालिका वडा नम्बर ३ मा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जा सेखमका ३५ बर्षीय टिपर चालक भरत थापा र नवलपरासीको विनयी त्रिबेणी ५ ध्रुवकोटका सहचालक १७ बर्षीय आशिष विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी प्रहरी नायब उपरीक्षक एंवम सूचना अधिकारी मोहन बहादुर खाँणले दिएको जानकारी अनुसार, मंगलबार बिहान सवा नौ वजे विनयी त्रिवेणी ३ स्थित खोरन्डे खोलामा लु २ ख ४७४४ नम्बरको टिपर धुने क्रममा टिपरको पछाणि भाग विधुत पोलको तारमा छुने जादा टिपरका चालक र सहचालकको घटनास्थलमा नै मृत्यु भएको हो।
दुर्घटना परी मृत्यु भएकाको प्रकृया अनुसार पोष्ट मार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।