भक्तपुर, चैत १: चाँगुनारायण नगरपालिका ९ मा मिनी टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानका छोरा १८ महिने शिशिर मोक्तान रहेका छन्।
जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको टिपरले ठक्कर दिँदा टिपरको ठक्करबाट गम्भीर घाइते भएका शिशुको उपचारका लागि मध्यपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ ।
ईश्वर मोक्तान सोही इँटाभट्टामा काम गर्दछन् ।
टिपर चालक भक्तपुरको च्यामासिंहका ४० वर्षीय श्याम फैजुलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।