टिपरको ठक्करबाट एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Dec 21 | 07:23 am 3159

बाँके, पुस ६ : टिपरको ठक्करबाट आज बर्दियाको बढैयाताल–८ कण्ठपुर चोकमा एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट तारातालतर्फ जाँदै गरेको भे१क ९८८ नंको टिपरको ठक्करबाट बढैयाताल गाउँपालिका–८ मयुँर बस्तीका ६० वर्षीय मोतिलाल चौधरीको मृत्यु भएको हो ।

घरतर्फ फर्कँदै गरेका उनको तीव्रगतिमा आएको सो टिपरले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए।

शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । चालक गेरुवा गाउँपालिका–३ का ३५ वर्र्षीय सुनील चौधरीलाई इलाका प्रहरी कार्यालय मैनापोखरले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.