रुपन्देही, कात्तिक १७ः सोमबार बिहान भैरहवा–लुम्बिनी सडक खण्डअन्तर्गत मतकलवामा टिपरले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका–८, मतकलवाका सुग्रिव हरिजनका ९ वर्षीय छोरा रघुवीर हरिजन रहेका छन् ।
बेथरीबाट भैरहवातर्फ आउँदै गरेको लु १ क ११७४ नम्बरको टिपरले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।
द्रूत गतिमा आइरहेको पिटरले सडकछेउमा खेलिरहेका बालकलाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । बालकलाई ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्यत्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको जनाएको छ ।