सांसद रेशम चौधरीसिहत ११ जनालाई जन्मकैद

| 2019 Mar 06 | 02:10 pm 2548

कैलाली , फागुन २२ : जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो ।

कैलालीको टिकापुरमा साढे तीन वर्ष पहिले सुरक्षाकर्मी र नावालकसहित आठको ज्यान जाने गरी भएको नरसंहार मुद्दाको बहस मंगलबार सकिएको थियाे। त्यसको फैसला आज (बुधबार) भएको हाे। फैसलाले  ११ जनालाई तीन वर्ष कैद र तीन जना निर्दोष ठहर गरेको  छ ।

मधेसी-थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।

घटनापछि फरार भएका चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जिते । वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.