दाङ, पुस ६ः टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
उपचारकाक्रममा कोहलपुर मेडिकल कलेजमा साेमबार बिहान मृत्यु भएको हो । उनी शनिबार बबई गाउँपालिका ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक बबई नदिमा रहेको झोलुङ्गे पुलबाट टिक-टक बनाउने क्रममा खसेका थिए ।