झापा, पुस ११ः शनिबार बिहान टाटा सुमोले ठक्कर दिँदा झापाको कमल गाउँँपालिका–५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाल रहेका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे १ ज २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका साइकलयात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।
उनका अनुसार ठक्करबाट सख्त घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने सुमो र त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ पण्डितले बताए ।