काठमाडाैं, साउन २८ । सर्लाही लालबन्दी नगरपालिका १७ कालिनजोर पुल नजिकै पुर्व पश्चिम लोकमार्गमा बाटो देखि अन्दाजी १५।२० मिटर दक्षिणतर्फ कालिनजोर जंगलमा घाटी भन्दा मुनिको शरिरको भाग मात्र भएको पुरुष व्यक्तिको लास भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकारी/ प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार लासको पोस्ट मार्टमको लागि प्रदेशिक अस्पताल मलंगवामा राखिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धन गरिरहेकाे जनाएको छ ।