टाउको काटिएको शवको सनाखत

| 2020 Aug 10 | 04:37 pm 3217

काठमाडौं, साउन २६ः आइतबार गोंगबुस्थित गणेशस्थान नजिकै टाउको काटिएर सुटकेशमा शरिर राखेको अवस्थामा फेला परेको शवको सनाखत भएको छ ।

उक्त टाउको र खुट्टा काटेर हत्या गरिएको अवस्थामा फेला पारिएको पुरुषको शव दाङका कृष्णबहादुर बोहोरा भएको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

हत्‍या गरिएको शव सनाखत भइसकेको र बाँकी अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

उनले उक्त घटनाको विवरण विस्तरणमा सार्वजनकि गरिने जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.