टर्कीमा २ वर्षपछि हट्यो संकटकाल

रिपोर्ट नेपाल | 2018 Jul 19 | 07:11 am 2026

टर्की साउन ३: टर्कीमा कु प्रयासपछि लगाइएको संकटकाल २ बर्षपछि हटाइएको छ। असफल कू पछि सन् २०१६ बाट टर्कीमा संकटकाल लगाइएको थियो।

राष्ट्रपतिमा रिसेप तैयप एर्दोगान पुन: निर्वाचित भएको एक सातापछि संकटकाल अन्त्यको घोषणा गरेको बीबीसीले जनाएको छ । निर्वाचनका बेला विपक्षी पार्टीले समेत संकटकाल हटाउने मुख्य एजेण्डा अघि सारेका थिए । सात पटकसम्म ३ /३ महिना का लागि संकटकालको अवधि थप्दै आएको टर्की सरकारले यसपटक भने संकटकाल अन्त्यको घोषणा गरेको हो।

संकटकाल लगाएयता टर्कीमा गरिएको कू प्रयासमा संलग्न रहेको आरोपमा सरकारी कर्मचारी, सेना तथा प्रहरीका अधिकारी, शिक्षक, पत्रकार लगायत हजारौंलाई पक्राउ गरिएको छ।

गैरसरकारी संस्थाको तथ्याङक अनुसार टर्की सरकारले एक लाख सात हजार भन्दा बढी सरकारी कर्मचारीलाई कामबाट हटाएको छ भने ५० हजार बढी कर्मचारीमाथि मुद्दा दायर गरेको छ । सन् २०१६ मा भएको कू प्रयासका क्रममा २ सय ५० भन्दा बढीको ज्यान गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.